सार्वजनिक बिदाका दिन पनि अब हुलाक कार्यालयमार्फत विदेशमा सामान पठाउन तथा विदेशबाट आएको सामान छुटाउन सकिने भएको छ ।
डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयले यसअघि पनि सार्वजनिक बिदामा सेवा दिँदै आएको थियो । तर, त्यहाँ रहेको भन्सार कार्यालय र बैंक नखुल्दा भन्सार जाँचपास तथा रकम भुक्तानीमा समस्या हुने गरेको थियो । विभिन्न निकायबीच समन्वय नहुँदा सेवा प्रभावकारी बन्न नसकेको गुनासो बढेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस विषयमा चासो दिएको थियो ।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले भन्सार विभागसँग समन्वय गरेर सार्वजनिक बिदाका दिन पनि भन्सार जाँचपाससहित सेवा सहज रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन प्रक्रिया अघि बढाएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस