अर्थ संसार, ललितपुर– ललितपुर उद्योग वाणिज्य संघको ५० औं स्थापना दिवस तथा स्वर्ण जयन्तीको अवसरमा पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचामा पाँच दिने ललित अन्तर्राष्ट्रिय व्यापार मेला २०७४ फागुण ३० गते शुरु भएको छ ।
मेलाको एक समारोहकाबीच प्रदेश नं ३ का मुख्य मन्त्री डोरमणी पौडेलले गर्नुभयो । सो अवसरमा मुख्य मन्त्री पौडेलले प्रदेश नं ३ मा आर्थिक विकास गर्न  लगानी मैत्री वातारण, निर्यात बढाउने र औद्योगिक र भूउपयोग नीति कडाईसाथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्य मन्त्री पौडेलले १३ जिल्ला रहेको प्रदेश नं ३ लाई समृद्धि प्रदेशको रुपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । काठमाडौं उपत्यका प्रदेश नं ३ को
सांस्कृतिक वैभव र सम्पदाको धरोहरका रुपमा लिइएको पनि उहाँको भनाई रहेको छ ।
सो अवसरमा संघका अध्यक्ष कृष्णलाल महर्जनले ३ नं प्रदेशले समग्र राष्ट्रकै आर्थिक, सामाजिक समृद्धिको अगुवाई गर्नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘यसमा अनेकौं चुनौतीहरु छन् । तर यहाँ सम्भावनाहरु पनि प्रशस्त रहेको छ । सरकार र निजी क्षेत्रको सह–कार्यमा आर्थिक, सामाजिक समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ ।’
अध्यक्ष महर्जनले भन्नुभयो ‘विकास, निर्माण कार्य संचालन गर्न सरकारलाई बढी भन्दा बढी राजश्वको आवश्यकता पर्दछ । विद्यमान संरचनाबाट थप राजश्व जुटाउने तर्फ लाग्नु भन्दा बढी भन्दा बढी स्रोत परिचालन हुन सक्ने नयाँ नयाँ वृहत परियोजनाको संचालनमा क्रियाशील हुनुपर्दछ भन्ने हाम्रो दृष्टिकोण छ ।’
सीप तथा कौशलको विकास र संरक्षण गर्ने मात्र होइन कलाकारहरुले त्यसको उचित लाभ लिन सक्ने अवस्था निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले सीप हस्तान्तरण गर्ने वातावरणका लागि पनि सरकार एवं निजी क्षेत्रको संयुक्त पहलमा समग्र जिल्लालाई नै हस्तकला क्षेत्रका रुपमा घोषणा गर्नुपर्ने बताउँदै भन्नुभयो ‘हस्तकलाको प्रवद्र्धन गरी ललितपुर नमूना हस्तकला ग्राम निर्माणका लागि सरकारको ध्यानाकृष्ट गराउनुपर्दछ । हस्तकला ग्रामको संचालनले यस ललितपुर जिल्लालाई पर्यटन प्रवद्र्धनका विस्तार हुनेछ भन्ने विश्वास लिएको छु । ’
अध्यक्ष महर्जनले भन्नुभयो ‘पर्यटन प्रवद्र्धनको साथै निर्यातमा पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय उत्पादनहरुको लागि आधुनिक एवं व्यवस्थित किसिमको प्रदर्शनी हुनु जरुरी छ । सो केन्द्रलाई सरकार र निजी क्षेत्रको सह–कार्यको एउटा नमूनाको रुपमा निर्माण हुन सकोस् ।’
महासचिव मनोजबहादुर न्याछ्योंले सञ्चालन गर्नुभएको सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । मेलामा पाकिस्तान, बंगलादेश र भारतका २२ र स्वेदशी  ५८ गरी ८० वटा स्टलहरु रहेको छ ।
 
                                                                                                                     
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस