Like us!
Follow us!
Connect us!
Watch us!

पर्यटन क्षेत्रमा सुधार आवश्यक छ - पर्यटनमन्त्री पौडेल

अर्थ संसार

मंगलबार, २४ चैत्र २०८२, ११ : ३५ मा प्रकाशित

पर्यटन क्षेत्रमा सुधार आवश्यक छ - पर्यटनमन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ले नेपालको पर्यटन क्षेत्रमा सुधार अपरिहार्य रहेको बताएका छन्। नेपाल पर्यटन बोर्ड द्वारा आयोजित कार्यक्रममा उनले सरकार परिवर्तनसँगै कार्यशैलीमा पनि रुपान्तरण आवश्यक रहेको उल्लेख गरे।

उनले पर्यटन क्षेत्रको गुणस्तर अभिवृद्धि, नवप्रवर्द्धन र दिगो योजनामार्फत नेपाललाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सबै सरोकारवालाको प्रतिबद्धता आवश्यक रहेको बताए। साथै, नेपालको विकासका लागि पर्यटन प्रमुख आधार भएकाले सोहीअनुसार योजना अघि बढाउनुपर्नेमा उनले जोड दिए। मन्त्री पौडेलले परम्परागत पर्यटन प्रवर्द्धनका अभ्यासबाट बाहिर निस्केर नवीन अभियान सञ्चालन गर्नुपर्ने बताउँदै परिणाममुखी काममा ध्यान दिन आग्रह गरे। उनले सरकार नीतिगत सहजीकरणका लागि प्रतिबद्ध रहेको र प्रतिशोधको राजनीति नगरी काम गर्नेलाई प्रोत्साहन गरिने पनि स्पष्ट पारे।

उनले भने, ‘म राम्रो काम गर्नेलाई सम्मान गर्छु, तर नराम्रो का गरेर , आवश्यक परे कठोर निर्णय लिन तयार छु ।’

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको समग्र संरचना, कार्यक्रम र नीतिगत दिशाबारे जानकारी दिएका थिए ।उनले पर्यटन बोर्डले सार्वजनिक-निजी साझेदारी मोडेलमार्फत अन्तरराष्ट्रिय बजारमा नेपाललाई सशक्त रूपमा प्रवर्द्धन गर्ने रणनीति अघि सारेको बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको