स्विर फाइल
अर्थ संसार, काठमाडौं– जाजरकोट– गाउँगाउँमा जनचेतना बढेसँगै बालविवाह रोक्न अभिभावक नै जुटेका छन् ।
नलगाड नगरपालिका–८ काब्राका १३ वर्षीया चन्द्रिका चदाराको बालविवाह रोकिएको छ । पञ्च भयार मावि, जिकुवामा कक्षा ५ मा पढ्ने छात्रा चन्द्रिका चदारालाई नलगाड–१ चिउरीका १५ वर्षीय प्रेम विकले सोमबार भगाएर लगेका थिए ।
भगाएर गरिएको बालविवाहले फाइदा नगर्ने भन्दै छात्राका बाबु जयलाल चदाराले केड नेपाल र महिला अधिकार मञ्चको सहयोगमा छोरीको पोइली घरबाट फागुन ३० गते नै छोरी फिर्ता ल्याएका छन् ।
बालविवाह गरेर छोरीको पढाइ, स्वास्थ्यसमेतमा हानिनोक्सानी हुने जयलालको दाबी छ । गाउँगाउँमा बालविवाहबाट हानिनोक्सानीका विषयमा अभिभावक सचेत बन्दै गएको पाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस