कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा अध्ययनरत छात्रा संगम बिष्टले बलात्कारको आरोप लगाउँदै न्यूयोर्क सिटी पुलिस डिपार्टमेन्ट (NYPD) मा उजुरी दर्ता गराएकी छिन्।
संगमका अनुसार एक वर्षअघि बले अमेरिका पुगेका बेला उनलाई फ्ल्याट देखाउन लैजाने क्रममा आफूमाथि जबरजस्ती करणी भएको थियो। यस घटनाबारे संगमले फेसबुकमा स्टाटस लेखेपछि नेपाल प्रहरीले बलेलाई पक्राउ गरी हिरासतमा राखेको छ।
यद्यपि, नेपालमा हालसम्म बलात्कारको औपचारिक जाहेरी नपरेका कारण प्रहरीले उनलाई जिल्ला प्रशासन कार्यालयबाट ‘अभद्र व्यवहार’ को कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ। यस मुद्दामा अमेरिकी प्रहरीले नेपाल प्रहरीसँग समन्वय गर्ने अपेक्षा गरिएको छ भने पीडितको परिवारले नेपालमा पनि जाहेरी दिने वा नदिने भन्ने विषयमा कानुनी परामर्श गरिरहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस