Like us!
Follow us!
Connect us!
Watch us!

आजको विदेशी विनिमयदर : डलर र युरोको मूल्य बढ्यो, पाउण्डको घट्दा कुन देशको कति ?

अर्थ संसार

शनिबार, २८ चैत्र २०८२, ०६ : ४९ मा प्रकाशित

आजको विदेशी विनिमयदर : डलर र युरोको मूल्य बढ्यो, पाउण्डको घट्दा कुन देशको कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि तोकिएको विदेशी विनिमयदर अनुसार अमेरिकी डलर र युरोको मुल्य बढेको छ भने पाउण्डको मूल्य घटेको छ । 

निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा रहेको थियो । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७४ रुपैयाँ १४ पैसा तोकिएको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५३ पैसा रहेको थियो । 

आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १९९ रुपैयाँ ८२ पैसा तोकिएको छ । अघिल्लो दिन युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २६ पैसा रहेको थियो । स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ २२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ६८ पैसा र बिक्रीदर २१ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ६१ पैसा र बिक्रीदर ४० रुपैयाँ ७८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४ रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ३१ पैसा र बिक्रीदर ४० रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ ०२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६ रुपैयाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २१ पैसा र बिक्रीदर २३ रुपैयाँ ३० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, कुवेती दिनार एकको खरिददर ४८३ रुपैयाँ १० पैसा र बिक्रीदर ४८५ रुपैयाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर ३९२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३९४ रुपैयाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३८४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८६ रुपैयाँ १६ पैसा रहेको छ  । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको