Like us!
Follow us!
Connect us!
Watch us!

राजस्थानको अपराजित यात्रा जारी, आरसिबी माथि ६ विकेटको जित

अर्थ संसार

शनिबार, २८ चैत्र २०८२, ०७ : २८ मा प्रकाशित

राजस्थानको अपराजित यात्रा जारी, आरसिबी माथि ६ विकेटको जित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राजस्थान रोयल्सको अपराजित यात्रा जारी रहेको छ । चार खेलमा चार जित निकालेर शिर्ष स्थानमा रहेको राजस्थानले गए राति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) लाई ६ विकेटले पराजित गरेको हो । 

जितका लागि पाएको २०२ रनको लक्ष्य राजस्थानले १८ ओभरमा मात्रै ४ विकेट गुमाएर पुरा गर्‍यो । उसका लागि वैभव सूर्यवंशी र ध्रुव जुरेलले अर्धशतक प्रहार गरे । सूर्यवंशीले ७८ रन बनाए भने जुरेलले ८१ रनको अविजित पारी खेले । सूर्यवंशी र जुरेलले मिलेर पावरप्लेमा ९७ रनको साझेदारी गर्दै राजस्थानलाई बलियो अवस्थामा पुर्याएका थिए ।

सूर्यवंशी आउट भएपछि पनि जुरेलले पारी सम्हाल्दै टोलीलाई सहज जिततर्फ डोर्याए । उनले रविन्द्र जडेजा (नटआउट २४ रन) सँग महत्वपूर्ण साझेदारी गर्दै लक्ष्य पूरा गराए । आरसिबीका लागि जस हेजलउड र कुर्नाल पाण्ड्याले समान दुई दुई विकेल लिए । 
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ८ विकेट गुमाउँदै २०१ रन बनाएको थियो । टोलीका लागि रजत पाटिदारले ६३ रन बनाए भने वेंकटेश अय्यर २९ रनमा अविजित रहे । विराट कोहली ३२ रन जोडे । राजस्थानका लागि जोफ्रा आर्चर र रवि बिश्नोईले समान २ विकेट लिए । लगातार चौथो जित निकालेको राजस्थान ८ अंक सहित शीर्ष स्थानमा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको