Like us!
Follow us!
Connect us!
Watch us!

हप्ता दिनमा सुनको मूल्य २९ सयले बढ्यो, कुन दिन कति बढ्याे कति घट्याे ?

अर्थ संसार

शनिबार, २८ चैत्र २०८२, ०७ : ३२ मा प्रकाशित

हप्ता दिनमा सुनको मूल्य २९ सयले बढ्यो, कुन दिन कति बढ्याे कति घट्याे ?

पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्य करिब ३ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता नेपाली बजारमा सुनको मूल्य २ हजार ९०० रुपैयाँले बढेको हो । 

गत चैत २० गते प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य त्यसको एक हप्तापछि अर्थात चैत २७ गते शुक्रबारसम्म आइपुग्दा २ हजार ९०० रुपैयाँले बढेको हो । महासंघका अनुसार, चैत २२ गते आइतबार सुन मूल्य स्थिर रह्यो । त्यस्तै, चैत २३ गते सोमबार सुन प्रतितोलामा २ हजार ६०० रुपैयाँले घटेर २ लाख ९१ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो ।

त्यस्तै, चैत २४ गते मंगलबार सुनको मूल्य ४०० रुपैयाँले बढेर २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । चैत २५ गते सुनको मूल्य प्रतितोलामा ७ हजार २०० रुपैयाँले बढेर त्यस दिन २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

त्यस्तैगरी, गत चैत २६ गते बिहीबार सुन प्रतितोलामा ४ हजार २०० रुपैयाँले घटेर त्यस दिन २ लाख ९४ हजार ७०० रुपैयाँका कारोबार भएको थियो । त्यस्तैगरी, चैत २७ गते भने सुन प्रतितोला २ हजार २०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको