नेपालका वाणिज्य बैंकहरूमा खराब कर्जा असुलीको प्रक्रिया सुस्त बन्दा गैरबैंकिङ सम्पत्ति थुप्रिने क्रम बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनाको तथ्याङ्कअनुसार १९ वाणिज्य बैंकहरूमा कुल ४३ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको यस्तो सम्पत्ति जम्मा भएको छ।
यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.०७ प्रतिशतले बढी हो ।
यस अवधिमा हिमालयन बैंकमा सबैभन्दा बढी ६ अर्ब ८ करोड ९७ लाख रुपैयाँको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ भने ग्लोबल आइएमई र प्राइम कमर्सियल बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्। विशेषगरी प्राइम कमर्सियल बैंकको यस्तो सम्पत्ति ११७.३९ प्रतिशतको उच्च दरले बढेको छ। यद्यपि, सबै बैंकको अवस्था निराशाजनक भने छैन; एनआईसी एसिया, नबिल र राष्ट्रिय वाणिज्य बैंक लगायत ६ वटा बैंकले आफ्नो गैरबैंकिङ सम्पत्ति घटाउन सफल भएका छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकमा भने यस्तो सम्पत्ति शून्य रहेको छ।
कुन बैंकको गैरबैंकिङ सम्पत्ति कति?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस