Like us!
Follow us!
Connect us!
Watch us!

न्यौपाने र सापकोटा राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा

अर्थ संसार

आइतबार, २९ चैत्र २०८२, १० : २८ मा प्रकाशित

न्यौपाने र सापकोटा राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा

नेपाल राष्ट्र बैंकले बैंकिङ विभागका हिम प्रसाद न्यौपाने र आन्तरिक लेखापरीक्षण विभागका मुक्तिनाथ सापकोटालाई कार्यकारी निर्देशक (अधिकृत विशेष श्रेणी) पदमा बढुवा भएका छन् । मानव संसाधन व्यवस्थापन विभागद्वारा जारी सूचनाअनुसार बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (संशोधनसहित) बमोजिम न्यौपाने र सापकोटाको पदोन्नति गर्ने निर्णय गरिएको हो ।

न्यौपाने र सापकोटा यसअघि निर्देशक (अधिकृत प्रथम श्रेणी) पदमा कार्यरत थिए । अनुभव तथा कार्यसम्पादनका आधारमा कार्यकारी निर्देशक पदमा बढुवा गरिएको राष्ट्र बैंकले जनाएको छ । 


 

69db232e75a1b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको