नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारी नीतिविरुद्ध विद्यार्थी सङ्गठनहरूले थालेको संघर्षप्रति समर्थन जनाएका छन् । उनले विद्यार्थी सङ्गठनहरूलाई आन्दोलनलाई सशक्त बनाउँदै अगाडि बढ्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘सरकारको यो सोच निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति हो । विद्यार्थी सङ्गठनहरू सचेतता, खबरदारी, न्याय, विद्रोह र अग्रगमनका वाहक हुन । नेपालका सबै निरङ्कुश शासकहरूको अन्त्यमा विद्यार्थीको भूमिका अग्रस्थानमा रहेको छ ।’
जुन संस्था र शक्तिको योगदानले अहिलेको परिवर्तन भएको उनको भनाइ छ । विद्यार्थी संगठनहरुको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेलेर फ्याँकिँदिने चेतावनी दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस