प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरेको भए पनि बैंकिङ सेवा पूर्ण रूपमा बन्द नहुने भएको छ। अत्यावश्यक वित्तीय कारोबारलाई निरन्तरता दिन अधिकांश वाणिज्य बैंकहरूले तोकिएका शाखामार्फत सीमित समयका लागि सेवा उपलब्ध गराउने भएका छन्।
अर्थतन्त्रका आधारभूत गतिविधि अवरुद्ध नहोस् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले बैंकहरूलाई आंशिक रूपमा सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो। विशेषगरी सरकारी राजस्व संकलन, उम्मेदवार तथा राजनीतिक दलहरूको निर्वाचन खर्चसम्बन्धी कारोबार, र दैनिक नगद आवश्यकतासँग सम्बन्धित सेवा बन्द हुँदा समस्या आउन सक्ने भएकाले यस्तो व्यवस्था गरिएको हो।
राष्ट्र बैंकको निर्देशनअनुसार अधिकांश बैंकहरूले तोकिएका शाखा खुला राख्ने सूचना सार्वजनिक गरेका छन्।
कुन बैंकका कुन शाखा खुला रहने ?
नबिल बैंक
नबिल बैंकले निर्वाचन बिदाका दिन पनि सीमित शाखामार्फत सेवा उपलब्ध गराउने जनाएको छ। बैंकका अनुसार कोशी प्रदेशका विराटनगर, बिर्तामोड, धरान, इटहरी र दमक शाखा खुला रहनेछन् भने मधेश प्रदेशमा वीरगञ्ज र जनकपुर (पिडारीचोक) बाट सेवा दिइनेछ। त्यसैगरी गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशका बुटवल, भैरहवा र नेपालगञ्ज (धम्बोजी), सुदूरपश्चिमको धनगढी तथा कर्णालीको सुर्खेत शाखा सञ्चालनमा रहनेछन्। बागमती प्रदेशअन्तर्गत तीनधारा, ललितपुर, न्यूरोड, बिजुलीबजार, कुमारीपाटी, बौद्ध, महाराजगञ्ज, कौशलटार, नारायणगढ र हेटौँडा शाखाबाट पनि सीमित समयका लागि बैंकिङ सेवा उपलब्ध गराइने बैंकले जनाएको छ।
प्रभु बैंक
प्रभु बैंकले देशभरका १३ शाखा खुला रहने जनाएको छ। बबरमहलस्थित मुख्य कार्यालयसहित जनकपुर, पोखरा (रत्नचोक), इटहरी, कमलादी, विराटनगर, वीरगञ्ज, ललितपुर, भक्तपुर, भैरहवा, नेपालगञ्ज, धनगढी र थानकोट शाखाबाट सेवा उपलब्ध हुनेछ।
ग्लोबल आइएमई बैंक
सातै प्रदेशका तोकिएका शाखा खुला रहनेछन्। कोशी प्रदेशमा हनुमानदास रोड, गाईघाट, धुलाबारी, तीनपैनी, इटहरी, धरान, इनरुवा र ट्राफिक चोक (विराटनगर); मधेशमा वीरगञ्ज, लहान, जनकपुर, गोलबजार, मिर्चैया र लालबन्दी; बागमतीमा कान्तिपथ, न्यूरोड, कुलेश्वर, धापासी, ठमेल, नारायणगढ, मध्य–बानेश्वर, कमलादी, हेटौँडा, चाबहिल चोक, पानीपोखरी, त्रिपुरेश्वर, गोंगबु, कोटेश्वर, कलंकी, अनामनगर, टाँडी, सूर्यविनायक, जावलाखेल, बनेपा, थानकोट, सुकेधारा, चारखाल (डिल्लीबजार), पनौती, शंखमुल र इमाखेल (थानकोट) लगायतका शाखा सञ्चालनमा रहनेछन्। साथै बागलुङ, पोखरा, बुटवल, नेपालगञ्ज, भैरहवा, घोराही, सुर्खेत, टिकापुर, अत्तरिया, धनगढी (क्याम्पस चोक) र महेन्द्रनगर शाखाबाट पनि सेवा दिइनेछ।
एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले काठमाडौंको न्यूरोड खिचापोखरी, थानकोट, नारायणगढ, कमलादी, पुल्चोक, भक्तपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी कार्यालयबाट सेवा दिने जनाएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
यस बैंकले कोशी प्रदेशको विराटनगर, मधेशको वीरगञ्ज र जनकपुर, बागमतीको दरबारमार्ग, सिपाडोल, पुल्चोक र ठमेल, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल र नेपालगञ्ज, कर्णालीको सुर्खेत तथा सुदूरपश्चिमको धनगढी शाखा खुला राख्ने जनाएको छ।
कृषि विकास बैंक
बैंकले बिहान १०:०० बजेदेखि दिउँसो १:३० बजेसम्म सेवा दिने जनाएको छ। कञ्चनबारी, धरान, बर्दिबास, सिमरा, जोरपाटी, लगनखेल, रत्नपार्क, नारायणगढ, कान्तीराजपथ (हेटौँडा), पोखरा, पालुङटार, हुवास, भैरहवा, खस्यौली, धम्बोझी, कोहलपुर, सुर्खेत, धनगढी र दोधाराचाँदनी शाखा सञ्चालनमा रहनेछन्।
नेपाल एसबीआई बैंक
बैंकले पनि बिदाको दिनमा ग्राहकलाई सेवा दिने तालिका सार्वजनिक गरेको छ । बैंकको विराटनगर, बिर्तामोड, जनकपुर, वीरगञ्ज, दरबारमार्ग, टेकु, सिर्जना चोक (पोखरा), बुटवल, भैरहवा, सुर्खेत र धनगढी शाखा खुला रहनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस