Like us!
Follow us!
Connect us!
Watch us!

ट्रम्पले हर्मोज नाका बन्द गर्ने घोषणासँगै अकासियो तेलको मूल्य

अर्थ संसार

सोमबार, ३० चैत्र २०८२, ११ : १७ मा प्रकाशित

ट्रम्पले हर्मोज नाका बन्द गर्ने घोषणासँगै अकासियो तेलको मूल्य

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले हर्मोज जलसन्धिमा प्रवेश गर्न वा बाहिर निस्कन खोज्ने जहाजहरूलाई रोक्ने घोषणा गरेसँगै तेलको मूल्य अकासिएको छ । सोमबारदेखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी गर्ने घोषणा गरेसँगै विश्व बजारमा कच्चा तेलको मूल्य अकासिएको हो ।

अमेरिकी क्रुड आठ प्रतिशतले बढेर १०४.२४ डलर प्रतिब्यारेल पुगेको छ । ब्रेन्ट क्रुडको मूल्य सात प्रतिशतले बढेर १०२.२९ डलर प्रतिब्यारेल पुगेको छ । युद्ध सुरु हुनुअघि ७० डलरको आसपास रहेको तेलको मूल्य अहिले पुनः १०० डलरमाथि पुगेको छ । यसले विश्वव्यापी व्यापार र अर्थतन्त्रमा गम्भीर असर पार्ने आशंका उब्जाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको