सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न आदेश दिएको छ।
खड्काकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले उनलाई थुनामै राख्ने निर्णय गरेको हो।
बुधबार भएको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, शम्भु थापा, उपेन्द्रकेशरी न्यौपाने र सतिष्कृष्ण खरेलका साथै अधिवक्ता प्रकाश रेग्मीले बहस गरेका थिए। त्यस्तै, नायव महान्यायाधिवक्ता सञ्जिवराज रेग्मी र उपन्यायाधिवक्ता दशरथ पंगेनीले पनि आफ्नो पक्ष प्रस्तुत गरेका थिए।
सर्वोच्चले यस मुद्दाको पेसी भोलि (वैशाख ३) गतेका लागि तोकेको छ । ‘निज निवेदकलाई हाल जे जुन अवस्थामा यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा थप आदेश समेत जारी गरिदिएको छ । नियमानुसार गर्नू ‘ आदेशमा उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस