सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमन्त्री दिपक खड्कालाई अदालतले सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ।
आज बिहान नियन्त्रणमा लिइएका खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अनुसन्धान निकायले प्रारम्भिक बयान लिने काम सुरु भइसकेको जानकारी दिँदै थप प्रमाण संकलन र विस्तृत सोधपुछ आवश्यक रहेको उल्लेख गर्दै हिरासत अवधि माग गरेको थियो।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पेश गरेको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले थप अनुसन्धानका लागि समय आवश्यक देखिएको निष्कर्षसहित सात दिनको म्याद स्वीकृत गरेको हो। यो म्याद सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा १७(४) अनुसार प्रदान गरिएको जनाइएको छ।
अनुसन्धान प्रक्रियाअन्तर्गत खड्कासँग थप बयान लिने, आर्थिक कारोबारसम्बन्धी कागजात परीक्षण गर्ने तथा अन्य प्रमाण संकलन गर्ने कार्य अझै बाँकी रहेको बताइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस