Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धुलीमा १ हजार नयाँ महिला डकर्मी उत्पादन

विहीबार, ०१ चैत्र २०७४, १६ : ४६ मा प्रकाशित

सिन्धुलीमा १ हजार नयाँ महिला डकर्मी उत्पादन

शंखर पहाडी‘गौरब’

अर्थ संसार, सिन्धुली– भुकम्प पछि सिन्धुलीमा एक हजार नयाँ महिला डकर्मी उत्पादन भएका छन् । भूकम्प पछि विभिन्न संघसंस्थाले सञ्चालन गरेको ९–५० दिने डकर्मी तालीमबाट जिल्लामा ९ सय ५० महिला डकर्मी उत्पादन भएका छन ।

जिल्लाका ९ वटै स्थानीय तहमा भूकम्प प्रभावितलाई पुनःनिर्माणमा प्रत्यक्ष सहभागी गराउने उद्देश्यले उनिहरुलाई एस.एस.आर.पि.परियोना तथा अन्य विभिन्न संघसंस्थाहरुले तालिम प्रदान गरेका राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख बासुदेब घुुमागाईले जानकारी दिनु भयो ।

 तालिम पछि ती महिला डकर्मीहरु पूननिर्माणलाई रोजगारीको माध्याम बनाउदै आत्मनिर्भर भएका छन् । आर्थिक रुपले विपन्न तथा सामाजिक रुपमा विभेदमा परेका भूकम्प प्रभावितलाई डकर्मी बनाइएको हुमागाईले  बताउनु भयो ।

डकर्मी तालीमका कारण स्थानीयहरु सीप सिकेर गाउँमै स्वरोजगार बनिरहेका छन् भने आफ्नो घर निर्माण गर्न सहुलियत हुनुको साथै निजी आवास पुननिर्माणबाट मनग्य आम्दानी गर्न सकिने उनिहरुको भनाई छ ।

डकर्मी तालिम पछि उनिहरुको डकर्मी टोलीले अहिले गाँउमा झण्डै एक दर्जन भूकम्प प्रतिरोधि घर बनाइसकेका छन् । पहिले गाउँघरमा महिलाहरुले डकर्मी भएर काम गरेको राम्रो मानिदैन थियो । डकर्मीको काम गर्दै अहिले उनिहरुले राम्रो आम्दानी गरिरहेका छन् ।

भूकम्पले भत्काएको गाउँको घर, गोठ, विद्यालय बनाउन नेतृत्वदायी भूमिकामा निर्वाह गरि रहेका महिला डकर्मीहरुले मासिक २५–३५ हजारसम्म आम्दानी गर्ने गरेका छन ।

भने सिन्धुलीमा पछिल्लो समय भूकम्पपछिको पुनःनिर्माणले गति लिएको छ । जिल्लामा भूकम्पले भत्किएका १५ हजार घर पुनःनिर्माणको अन्तीम चरणमा रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समिति सिन्धुलीले जनाएको छ ।

भूकम्प प्रभावितहरुले प्राथमिकताका साथ धमाधम घर निर्माण गरिरहेको पुनःनिर्माण प्राधिकरणको सचिवालय प्रमुख बासदेव घुमागाईले बताउनु भयो । त्यस्तै ३ हजार भन्दा बढी घर पुनःनिर्माण भइसकेको जिल्ला समन्वय समिती पुनःनिर्माण प्राधिकरणको सचिवालय सिन्धुलीले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको