नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ ।नेपाल सुन चाँदी महासंघका अनुसार आज सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । हिजो सुन प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ५ हजार २२० रुपैयाँ कायम भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस