Like us!
Follow us!
Connect us!
Watch us!

होर्मुज स्ट्रेटमा फेरि तनाव : दुई भारतीय जहाजमा गोलीबारी

अर्थ संसार

आइतबार, ०६ बैशाख २०८३, ०५ : ३७ मा प्रकाशित

होर्मुज स्ट्रेटमा फेरि तनाव : दुई भारतीय जहाजमा गोलीबारी

स्ट्रेट अफ होर्मुजमा फेरि तनाव सिर्जना भएको छ । शनिबार दुई भारतीय जहाजमा गोलीबारी भएका समाचार बाहिरिएका छन् । भारतका झन्डावाहक दुई जहाजमाथि गोलीबारी भएपछि दुवै जहाजले आफ्नो बाटो मोड्नुपरेको बीबीसी हिन्दीले लेखेको छ । बीबीसीले समुद्रमा ट्यांकर आवतजावतको रेखदेख गर्नेवाला वेबसाइट ‘ट्यांकरट्र्याकर्स’लाई उध्दृत गर्दै दुई भारतीय जहाजमाथि गोलीबारी भएपछि बाटो मोड्नुपरेको लेखेको छ ।

भारतीय कार्गो जहाज शीप जग अर्नव र तेल ट्यांकर सनमार हेराल्डमाथि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर(आईआरजीसी)ले गोलीबारी गरेर आफ्नो बाटोबाट हट्न आदेश दिएको समाचार छ । त्यसपछि दुवै जहाज युटर्न लिएर फर्किएका थिए । तेल ट्यांकर सनमार हेराल्डले इराकबाट तेल भरेर ल्याएको भनिएको छ ।

आजै बेलायतको मेरिटाइम ट्रेड अपरेसन्सले होर्मुज स्ट्रेटमा एक ट्यांकरमा आईआरजीसीले गोलीबारी गरेको बताएको थियो । उसले ओमानबाट २० नटिकल माइल उत्तरपूर्वमा त्यो घटना भएको जनाएको छ । यसअघि शुक्रबार मात्रै इरानी विदेशमन्त्री अब्बास अरागचीले होर्मुज स्ट्रेट पूर्ण रूपमा खुला भएको घोषणा गरेका थिए ।

आज भने इरानी मिडियाले होर्मुज स्ट्रेट बन्द भएको खबर दिएका थिए । इरानी मिडियाका अनुसार इरानी सेनाले होर्मुजमा फेरि आफ्नो नियन्त्रण कायम भएको भन्दै समाचार आएको थियो । त्यसपछि कैयौं जहाज त्यहाँबाट छोडेर आफ्नो बाटो बदलेका थिए । उता अमेरिका र इरानबीचको युद्धविराम सम्झौतामा अब चार दिन मात्रै बाँकी छन् । हालसम्म उनीहरूबीच अर्को चरणको शान्तिवार्ताको कुनै टुंगो लागिसकेको छैन ।

यसअघि पाकिस्तानको इस्लामावादमा भएको शान्तिवार्ता विनानिष्कर्ष टुंगिएको थियो । आजै ट्रम्पले इरानले बुधबार(अप्रिल २२) भित्र ठूलो सम्झौता नगरेर फेरि बमबारी सुरु गर्ने बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको