अर्थ संसार, महेन्द्रनगर, धनुषा– राष्ट्रियसभा सदस्य तथा काँग्रेस नेत्री मुक्ता यादवका २२ वर्षीय छोरा रुपेश यादवको सडक दुर्घटनामा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार शुक्रबार साँझ ७ बजे पूर्व–पश्चिम राजमार्गको पोर्ताहा चोक सडकखण्डमा बा७३प ९५६० नंको मोटरसाइकल दुर्घटना हुँदा यादवको मृत्यु भएको हो ।
मोटरसाइकललाई पछाडिबाट टाटा सुमोले ढक्कर दिएर भागेको बताइएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका सिरहाका दिनेशकुमार यादव घाइते छन् । यादवको विराटनगरमा उपचार भइरहेको छ ।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस