Like us!
Follow us!
Connect us!
Watch us!

निजी क्षेत्र–सरकार सहकार्यबाट आर्थिक रूपान्तरण अघि बढाउने अन्जन श्रेष्ठको प्रतिबद्धता

अर्थ संसार

सोमबार, २१ बैशाख २०८३, १३ : ४६ मा प्रकाशित

निजी क्षेत्र–सरकार सहकार्यबाट आर्थिक रूपान्तरण अघि बढाउने अन्जन श्रेष्ठको प्रतिबद्धता

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ गर्दै आर्थिक रूपान्तरण अघि बढाउने प्रतिबद्धता जनाएका छन् । महासंघको वार्षिक साधारणसभामा बोल्दै उनले निजी क्षेत्रले अर्थतन्त्रमा करिब ८२ प्रतिशत योगदान र ८६ प्रतिशत रोजगारी प्रदान गरिरहेको उल्लेख गर्दै आगामी तीन वर्ष निजी क्षेत्रको मनोबल बढाउने, लगानी वातावरण सुधार गर्ने र आर्थिक विस्तारमा केन्द्रित हुने बताएका हुन् । 

उनले अहिले मुलुक अवसर र चुनौतीको दोसाँधमा रहेको उल्लेख गर्दै स्थिर सरकार, पर्याप्त तरलता र उच्च विदेशी मुद्रा सञ्चितिलाई अवसरका रूपमा लिनुपर्ने बताए । तर मध्यपूर्व संकट, बढ्दो राजस्व–व्यय अन्तर र निजी क्षेत्रको घट्दो आत्मविश्वासलाई चुनौतीका रूपमा औंल्याए । 

श्रेष्ठले ‘६ स्तम्भ, ६० पहल’ अन्तर्गत आर्थिक सुधार, सुशासन, लगानी प्रवद्र्धन, सीप विकास र निजी क्षेत्र संरक्षणका कार्यक्रम अघि सारिने जानकारी दिए । निजी सम्पत्ति सुरक्षा, लगानीमैत्री नीति र विवाद समाधान प्रणाली सुधारमा महासंघले पहल गर्ने उनले बताए । उनका अनुसार महासंघ अब माग राख्ने मात्र नभई समाधान दिने साझेदारका रूपमा अघि बढ्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको