Like us!
Follow us!
Connect us!
Watch us!

रंग उद्योगमा पहिलो आईपीओ: एभरेष्ट कलर र मुक्तिनाथ क्यापिटलबीच सम्झौता

अर्थ संसार

सोमबार, १७ मंसिर २०८१, १८ : ५६ मा प्रकाशित

रंग उद्योगमा पहिलो आईपीओ: एभरेष्ट कलर र मुक्तिनाथ क्यापिटलबीच सम्झौता

एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया सुरु गरेको छ। नेपालमा पहिलो पटक रंग उद्योगबाट आईपीओ जारी गर्न लागेको यो कदम ऐतिहासिक मानिएको छ। बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ।

एभरेष्ट कलर लिमिटेडका प्रबन्ध सञ्चालक सरोज लुईटेल र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीबीच सम्झौतामा हस्ताक्षर गरिएको छ।

कम्पनीले रु ३ करोड ९० लाखको सेयर पूँजी बराबरको ७ लाख ८० हजार कित्ता साधारण शेयर रु ५० प्रति सेयरमा सर्वसाधारणलाई जारी गर्नेछ। केयर रेटिङ्स नेपाल लिमिटेडले एभरेष्ट कलरलाई CARE-NP BB- (Is) (Double B Minus) रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिमयुक्त स्थिति झल्काउँछ।

गुणस्तरीय उत्पादन र आयात प्रतिस्थापनमा योगदान

एभरेष्ट कलर लिमिटेड २०६८ सालमा स्थापना भई नेपाली बजारमा गुणस्तरीय रंग उत्पादन तथा विक्रि गर्दै आइरहेको छ। कम्पनीले अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधि र कच्चा पदार्थ प्रयोग गरी नेपाली हावापानीमा सुहाउँदो उत्पादन तयार गरिरहेको छ।

उत्पादन र पहुँच

कम्पनीले बाह्य र आन्तरिक इमल्सन, इनेमल पेन्ट, वाल पुट्टी, प्राइमर, र औद्योगिक पेन्ट जस्ता विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ। देशभर फिदिमदेखि धनगढीसम्म २०० भन्दा बढी व्यवसायिक साझेदारमार्फत उत्पादनहरू बिक्री वितरण भइरहेको छ।

कम्पनीको उद्देश्य गुणस्तरीय उत्पादनमार्फत आयात प्रतिस्थापन, रोजगारी सिर्जना, र देशको राजस्व वृद्धिमा योगदान पुर्याउनु रहेको छ। ISO 9001:2014 प्रमाणित यस कम्पनीले नेपाली बजारमा अन्तर्राष्ट्रिय मापदण्डका रंग उत्पादनमा अग्रणी भूमिका खेल्दै आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको