सानिमा क्यापिटल लिमिटेडले आजदेखि ‘सानिमा इक्विटी फण्ड २’ नामक बन्दमुखी सामूहिक लगानी कोष योजनाको इकाई निष्काशन तथा बिक्री खुला गरेको छ । यो योजना सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने भएको हो ।
१ अर्ब रुपैयाँ आकारको यस योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा कुल १० करोड इकाई निष्काशन गरिएको क्यापिटलले जनाएको छ । निष्काशित कुल इकाईमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्द्धक सानिमा बैंकका लागि सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात् २० लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटलका लागि छुट्याइएको छ ।
बाँकी रहेको ८ करोड ५० लाख इकाईमा भने सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
यस योजनामा आवेदन दिन चाहने लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म माग गर्न सक्नेछन् । छिटोमा वैशाख २९ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि जेठ ७ गतेसम्म लम्बिन सक्ने जनाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस