Like us!
Follow us!
Connect us!
Watch us!

संवैधानिक परिषद्को बैठक बस्दै, को बन्ला नयाँ प्रधानन्यायाधीश ?

अर्थ संसार

विहीबार, २४ बैशाख २०८३, ११ : २३ मा प्रकाशित

संवैधानिक परिषद्को बैठक बस्दै, को बन्ला नयाँ प्रधानन्यायाधीश ?

सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि आज अपराह्न ५:०० बजे संवैधानिक परिषद्को बैठक बस्दैछ । जसमा वरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नाम सिफारिस हुने प्रबल सम्भावना छ।

यद्यपि, उनी विगतमा नेकपा एमालेको तर्फबाट संविधानसभा सदस्य रहेका कारण न्यायालयको 'एमालेकरण' हुने भन्दै सत्ता साझेदार रास्वपाभित्र उनको नामलाई लिएर चर्को विरोध र लबिङ भइरहेको छ। तर, रोलक्रममा रहेका अन्य न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, मनोजकुमार शर्मा,नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको कार्यसम्पादन र ट्र्याक रेकर्डमा समेत प्रश्नहरू उठेकाले प्रधानमन्त्री बालेन्द्र शाहका लागि मल्लको विकल्प खोज्नु चुनौतीपूर्ण देखिन्छ।

यदि राजनीतिक खिचातानीका कारण मल्लको नाम काटिएमा अन्तिम विकल्पका रूपमा तिलप्रसाद श्रेष्ठलाई अघि सारिन सक्ने सम्भावना छ। आजको बैठकले प्रधानन्यायाधीशका साथै निर्वाचन आयोग, अख्तियार र विभिन्न संवैधानिक आयोगहरूमा रिक्त रहेका पदहरूको समेत टुङ्गो लगाउने अपेक्षा गरिएको छ। यहाँबाट हुने सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि मात्र नयाँ प्रधानन्यायाधीश नियुक्तिको बाटो खुल्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको