अर्थ संसार, काठमाडौं– हुण्डाई कन्सट्रक्सन इक्विपमेन्ट इण्डियाले नेपालको लागि अधिकृत डिलर कन्सट्रक्सन सोलुसन प्रा.लि ( CSPL ) लाई दक्षिणपुर्वी एसियाकै उत्कृष्ट डिलरको पदवीबाट सम्मानित गरेको छ ।
थाईल्याण्डको पटाया १० देखि १३ मार्चमा भएको  हुण्डाई कन्सट्रक्सन इक्विपमेन्टको नवौँ वार्षिक डिलर भेलामा कन्सट्रक्सन सोलुसन प्रा्.लि. नेपाललाई सन् २०१७/२०१८ मा नेपालमा हुण्डाई कन्सट्रक्सनको निर्माण सम्बन्ध सामानहरुको विक्री तथा प्रवद्धनमा गरेको योगदान वापत उक्त पुरस्कार प्रदान गरेको थियो ।
उक्त सम्मान ग्रहण ऋक्एी का तर्फबाट श्री सन्दिप शारदा र श्री आकाश गोल्छाले गरेका थिए । चार दिन भेलामा यस क्षेत्रका विभिन्न देशका डिलरहरुको उपस्थिति थियो ।
कन्सट्रक्सन सोलुसनले हुण्डाई कन्सट्रक्सनका उच्चस्तरीय र आधुनिक एक्सकाभेटरहरु आयात गर्दै तथा विक्री गर्दै आएका छन् । 
R140LC-9, R220L SMART, R340 L SMART; R390LC-9 & R510 LC-7   जस्ता निर्माण सम्वन्धि आधुनिक तथा उच्च गुणस्तरीय सामानहरु नेपालमा उपलब्ध गराउँदै  देशभरी आफ्नो विक्री सञ्जाल फिजाउँदै गरेको यस कम्पनीबाट  उच्चकोटीको विक्री पश्चातका सर्भिसिङ्ग, मर्मत सम्भार तथा स्पेयर पार्टका सञ्जालहरु प्नि  विस्तारित गरेको छ ।
हुण्डाई कन्सट्रक्सन इक्युपमेन्ट इण्डियाले २००७ देखि भारतमा निर्माण उपकरण र सामग्री निर्यात तथा विक्री गर्दै आएका छन् ।
                                                                                                                     
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस