Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ क्षेत्र अधिक तरलताको मारमा, निक्षेप संकलन ७९ खर्ब माथि, कर्जा प्रवाह ५८ खर्ब मात्रै

अर्थ संसार

शुक्रबार, २५ बैशाख २०८३, १५ : ५० मा प्रकाशित

बैंकिङ क्षेत्र अधिक तरलताको मारमा, निक्षेप संकलन ७९ खर्ब माथि, कर्जा प्रवाह ५८ खर्ब मात्रै

बैंक तथा वित्तीय संस्थाको निक्षेप ७९ खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप ७९ खर्ब ४५ अर्ब पुगेको हो । 

पछिल्लो समय कर्जा प्रवाह सुस्त हुँदा बैंक तथा वित्तीय संस्थाहरुमा प्रसस्त मात्रामा तरलता रहेको अवस्था छ । केन्द्रय बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरुले कुल ५८ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । हाल बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप मध्य वाणिज्य बैंकमा मात्रै ७१ खर्ब ६५ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थामा ७ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । 

कुल कर्जा प्रवाहमध्ये वाणिज्य बैंकको मात्रै ५२ खर्ब २५ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ६ खर्ब ४८ अर्ब रुपैयाँ रहेको छ । बैंकमा अहिले अधिक तरलताको अवस्था रहेको छ । जसलाई व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले नियमित रुपमा बजारबाट रकम खिचिरहेको छ । आज मात्रै राष्ट्र बैंकले ९६ दिनका लागि ४० अर्ब रुपैयाँ खिचेको छ । 

केन्द्रीय बैंकको पछिल्लो तथ्यांक अनुसार सिडी रेसियो ७३.२३ प्रतिशत रहेको छ । जबकी राष्ट्र बैंकले ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको छ । हाल अन्तर बैंक ब्याजदर २.७५ प्रतिशत रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको