Like us!
Follow us!
Connect us!
Watch us!

यो वर्ष अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने, गर्मी बढ्ने

अर्थ संसार

शुक्रबार, २५ बैशाख २०८३, १६ : १८ मा प्रकाशित

यो वर्ष अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने, गर्मी बढ्ने

जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ । आज यो वर्षको मनसुन आंकलन सार्वजनिक गर्दै विभागले  गत वर्षहरु भन्दा यो वर्ष देशका विभिन्न क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको हो ।

यो वर्ष अधिकतम तथा न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गर्मी बढी हुने सम्भावना देखिएको छ । कर्णाली प्रदेशका उत्तरी भू–भाग तथा कोशी प्रदेशका उत्तरी भू–भागमा सरदर वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश भू–भाग, मधेश प्रदेशका पूर्वी भू–भाग र कोशी प्रदेशका दक्षिणी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको छ ।

सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भाग, मधेश प्रदेशका पश्चिमी भू–भाग र कोशी प्रदेशका मध्य भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म रहेको महाशाखाको भनाइ छ ।


 

69fdbd1c53cfb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको