Like us!
Follow us!
Connect us!
Watch us!

आईपीएल क्रिकेट : कोलकताको जित, दिल्ली ८ विकेटले पराजित

अर्थ संसार

शनिबार, २६ बैशाख २०८३, ०७ : ४० मा प्रकाशित

आईपीएल क्रिकेट : कोलकताको जित, दिल्ली ८ विकेटले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराएको छ । दिल्लीमा हिजो भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४२ रन बनाएको थियो ।

दिल्लीले दिएको एक सय ४३ रनको लक्ष्य पछ्याएको कोलकाताले १४ ओभर २ बलमा २ विकेट गुमाएर भेट्टायो । कोलकाताका फिन एलेनले ४७ बलमा शतक बनाए । आईपीएल अङ्क तालिकामा दिल्ली ११ खेलमा ८ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ भने कोलकाता १० खेलमा ९ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे राजस्थान रोयल्स र गुजरात टाइटन्सले खेल्दैछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको