इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ९ रनले पराजित गरेको छ । पानी परेपछि डिएलएस पद्धतिअनुसार हिजो १९ ओभरमा झारिएको खेलमा लखनउले लगातारको ६ हारमा ब्रेक लगाउँदा बैंगलुरुको शीर्षस्थानमा पुग्ने सपना पूरा भएन ।
टस हारेर पहिला ब्याटिङ गरेको लखनउले ३ विकेट गुमाएर १९ ओभरमा २०९ रन बनायो । २१० रनको लक्ष्य पछ्याएको बैंगलुरुले ६ विकेट गुमाएर २०३ रनमात्र बनाउन सक्यो । लखनउको जितमा मिचेल मार्शले ५६ बलमा १११ रन बनाए । त्यस्तै उच्च रन बनाउन कप्तान ऋषभ पन्तले १० बलमा ३२ रनको उत्कृष्ट ब्याटिङ गरे ।
बैंगलुरु १० खेलमा १२ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने लखनउ समान खेलमा ६ अङ्कका साथ तालिकाको पुछारमा छ । आईपीएलमा आज बेलुकी पौने ८ बजे दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस