Like us!
Follow us!
Connect us!
Watch us!

साताभर सुनको मूल्य ३८०० रुपैयाँ बढ्यो, ३ लाख नजिक तोलाको

अर्थ संसार

शनिबार, २६ बैशाख २०८३, ०७ : ३७ मा प्रकाशित

साताभर सुनको मूल्य ३८०० रुपैयाँ बढ्यो, ३ लाख नजिक तोलाको

पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य ३ हजार ८०० रुपैयाँले वृद्धि भएको छ । गत बैशाख १८ गते शुक्रबार बजारमा सुनको मूल्य २ लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भएकोमा त्यसको एक हप्तापछि सुनको मूल्य ३ हजार ८०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार, हप्ताभर सुनको मूल्य उक्त रकमले बढेको हो । त्यस्तै, बैशाख २० गते आइतबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले घटेर २ लाख ९५ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, बैशाख २१ गते सोमबार पनि सुनको मूल्य गिरावट भएको छ । उक्त दिन ३०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बैशाख २२ गते मंगलबार पनि एकैदिन ३ हजार ८०० रुपैयाँले सुनको मूल्य घटेर २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बैशाख २३ गते बुधबार भने एकैदिन ५ हजार ८०० रुपैयाँले सुनको मूल्य बढेको छ । उक्त दिन सुन प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बैशाख २४ गते सुन प्रतितोला १ हजार ८०० रुपैयाँले बढेर २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बैशाख २५ गते बिहीबार भने सुनको मूल्य स्थिर रह्यो । शुक्रबार पनि सुन प्रतितोला २ हजार ३०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । सुन व्यवसायीका अनुसार, गएको हप्ताभर सुनको मूल्यमा त्यति बढी उतारचढाव नआएको र स्थिर नै देखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको