नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त नेतृत्व तथा सदस्य पद पूर्तिका लागि आवेदन खुला गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै अध्यक्षसहित विभिन्न पदमा नयाँ नियुक्ति प्रक्रिया अघि बढाएको जनाएको हो।
जारी सूचनाअनुसार प्राधिकरणमा एक जना अध्यक्ष र चार जना सदस्य नियुक्त गरिनेछ। रिक्त रहेका यी पदहरूमा योग्य तथा इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आवेदन दिन चाहने उम्मेदवारहरूले आगामी २०८३ साल जेठ ५ गते कार्यालय समयभित्र आवश्यक कागजातसहित दरखास्त बुझाइसक्नुपर्नेछ।
उम्मेदवारका लागि आवश्यक न्यूनतम योग्यता, आवेदन फाराम तथा पेश गर्नुपर्ने अन्य कागजातको विवरण मन्त्रालयले आफ्नो आधिकारिक माध्यममार्फत सार्वजनिक गरेको छ। आवेदन प्रक्रिया, छनोट मापदण्ड र अन्य जानकारी त्यहीँबाट प्राप्त गर्न सकिने जनाइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस