नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिका संयोजक डा. गुणाकर भट्टले राजीनामा दिएका छन् । सरकारले गत वैशाख पहिलो साता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।
समितिले वैशाख १३ गते अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेपछि ४७ जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरूमध्ये भट्टका ठुलोबुबाका छोरा डा. गोपाल भट्ट पनि रहेका छन् । आफन्तले आवेदन दिएपछि ‘स्वार्थको द्वन्द्व’ हुने भन्दै संयोजक भट्टले राजीनामा बुझाएको बताइएको छ ।
अब मन्त्रिपरिषद्ले नयाँ संयोजक नियुक्त गरेपछि मात्रै अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्नेछ । सिफारिस समितिमा अर्थ सचिव धनश्याम उपाध्याय र पूर्व बैंकर भुवनकुमार दाहाल सदस्य रहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस