Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय तहमा नै कम्पनी दर्ता गर्न सकिने

अर्थ संसार

आइतबार, २७ बैशाख २०८३, ०६ : २८ मा प्रकाशित

स्थानीय तहमा नै कम्पनी दर्ता गर्न सकिने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले स्थानीय तहलाई कम्पनी दर्ता तथा सेयर खरिद गरी कम्पनीको स्वामित्व लिन सक्ने व्यवस्था गरेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनाअनुसार सौर्य ऊर्जा लगायतका क्षेत्रहरूमा कम्पनी स्थापना तथा लगानीका लागि विभिन्न स्थानीय तहबाट प्राप्त अनुरोधका आधारमा यस्तो निर्णय गरिएको हो ।

सूचनामा स्थानीय तहले कम्पनी दर्ता गर्ने वा सेयर खरिद गर्ने निर्णय गर्नुअघि अनिवार्य रूपमा आफ्नै कानुन निर्माण गर्नुपर्ने प्रावधान राखिएको छ । साथै कम्पनी ऐन २०६३ सहित प्रचलित सबै कानुनी व्यवस्थाहरूको पूर्ण पालना अनिवार्य हुने स्पष्ट गरिएको छ ।

 

69ffd51fdf94a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको