ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन ।
यसअघि बैंकका संस्थापक सेयरधनीहरुले मात्रै सेयर खरिद गर्ने पाउने गरी ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि भित्रै कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरेको छ ।
अब उक्त सेयर खरिद गर्ने चाहने इच्छुक जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (बैशाख २५ गते) ले ३५ दिन भित्रै आवेदन दिन सक्नेछन् । आवेदन बैंकको केन्द्रिय कार्यालय कमलादी काठमाडौँमा दिन सकिने जनाइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस