यस साता नेप्सेमा साढे ३३ लाख कित्ता सेयर सूचीकृत भएको छ । बैशाख २१ गतेदेखि २५ गते सम्मको अवधिमा दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
सपोर्ट माइक्रोफाइनान्सको ९.५ प्रतिशत र नागरिक लगानीकोषको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । सपोर्ट माइक्रोफाइनान्सको बोनस बापतको १ लाख १६ हजार ३२१.२७६५ कित्ता र नागरिक लगानीकोषको बोनस सेयर बापतको ३२ लाख ४० हजार ८५६ कित्ता शेयर सूचीकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस