Like us!
Follow us!
Connect us!
Watch us!

नौ महिनामा सवारी दुर्घटनामा १७४ जनाको मृत्यु, आधाभन्दा बढी युवा

अर्थ संसार

आइतबार, २७ बैशाख २०८३, १५ : ४० मा प्रकाशित

नौ महिनामा सवारी दुर्घटनामा १७४ जनाको मृत्यु, आधाभन्दा बढी युवा

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा सवारी दुर्घटनामा परेर १७४ जनाले ज्यान गुमाएका छन् । ट्राफिक प्रहरीले पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्षको ९ महिनामा ४ हजार ६३१ दुर्घटनामा १७४ जनाले ज्यान गुमाएका हुन् । 

चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म चार हजार ६३१ दुर्घटना भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले बताए । मृत्यु हुनेमध्ये धेरै युवाहरु रहेको ट्राफिक प्रहरीले जनाएको छ । तथ्यांक अनुसार चालु आर्थिक वर्षको ९ महिनामा ९३ जना युवाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । त्यसमा पनि १७ वर्षमूनिका ७ जना छन् भने १६ देखि ३५ वर्षसम्मका ८६ जना छन् । त्यस्तै, ३६ वर्षभन्दा माथिका ८१ जनाको ज्यान गएको छ । दुर्घटनामा मृत्यु हुनेमध्ये १३८ पुरुष र ३३ महिला छन् । त्यस्तै, एक बालक र दुई बालिकाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्यांक छ । 

यसैगरी, दुर्घटनामा १८६ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेका चार हजार ९२७ जना सामान्य घाइते रहेको ट्राफिक प्रहरीले जनाएको छ । विशेष गरेर तीव्र गति, मादक पदार्थ तथा लागूपदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुने गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । यससँगै गाडी चलाउँदा मोबाइल फोनको प्रयोग लगायत पनि दुर्घटनाका कारण बनेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको