आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि टिकट मूल्य तोकिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शृंखलाका लागि दुई सय र एक सय रुपैयाँ मूल्य तोकेको हो ।
क्यानले नेपालको खेलका लागि दुई सय र अन्य खेलका लागि एक सय रुपैयाँ मूल्य तय गरेको हो । यसअघि ओमान र यूएईसँगको शृंखलामा महंगो टिकट मूल्यकै कारण दर्शक खेल हेर्न नआएपछि क्यानले घटाएको थियो । यो पटक क्यानले सुरुवातबाट नै टिकट मूल्य कम गरेको छ ।
अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा भइसकेको छ । अघिल्लो शृंखलाबाट बसिर अहमदलाई बाहिर राख्दै इशान पाण्डेलाई समेट्दै टोली घोषणा भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस