नेपाल राष्ट्र बैंकले प्रशासन सेवाअन्तर्गत सहायक निर्देशक (अधिकृत तृतीय) पदमा कार्यक्षमताको मूल्याङ्कनद्वारा १३ जना कर्मचारीलाई बढुवा गरेको छ । मानव संसाधन व्यवस्थापन विभागद्वारा प्रकाशित सूचना अनुसार विभिन्न विभाग तथा कार्यालयमा कार्यरत कर्मचारीहरूलाई सहायक निर्देशक पदमा बढुवा गरिएको हो ।
बढुवा हुने कर्मचारीहरूमा शान्ति दंगाल, हरि प्रसाद भण्डारी, ललित कार्की, टिकाराम ढकाल, रामकुमार चौधरी, बिबेक देबकोटा, कृति ओझा, होम बहादुर काउचा, दल बहादुर थापा, अर्जुनराज तिवारी, वीरबहादुर जयसवाल, कमला आचार्य र सुवासचन्द्र चौधरी रहेका छन् ।
बढुवा सूचीमा रहेका कर्मचारीहरू बैंकिङ विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, नेपाल राष्ट्र बैंक, धनगढी कार्यालय, बैंक तथा वित्तीय संस्था नियमन विभाग, आन्तरिक लेखापरीषण विभाग, बैंकर्स प्रशिक्षण केन्द्र, वित्तीय संस्था सुपरिवेक्षण विभागलगायतका कार्यालयमा कार्यरत रहेका छन् । साथै, बढुवाको योग्यताक्रमको अन्तिम उम्मेदवारले कुलमा १८३.११ अंक प्राप्त गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस