Like us!
Follow us!
Connect us!
Watch us!

करका संरचनाहरूको पुनरावलोकन गरिने

अर्थ संसार

सोमबार, २८ बैशाख २०८३, १६ : २७ मा प्रकाशित

करका संरचनाहरूको पुनरावलोकन गरिने

करका संरचनाहरूको पुनरावलोकन गरिने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

भन्सार नाकामा न्यून विजिकीकरण गरिने भएको छ । साथै पुँजी बजारलाई सुरक्षित रूपमा विकास गरि अन्तर्राष्ट्रिय अभ्यास अबलम्बन गरिने भएको छ । त्यस्तै, सहकारी संस्थाको नियमन र व्यवस्थित बनाउनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमतालाई बढाइने भएको छ ।

सहकारीका कर्जा असुली मार्फत बचतकर्ताको रकम फिर्ता गरिने भएको छ । वैदेशिक सहायताबाट प्राप्त भएको ऋणलाई प्रतिफल दिने आयोजनाहरूमा लगानी गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको