Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको नीति तथा कार्यक्रम : नेपाल कार्बन प्राधिकरण गठन गरिने

अर्थ संसार

सोमबार, २८ बैशाख २०८३, १६ : ४३ मा प्रकाशित

सरकारको नीति तथा कार्यक्रम : नेपाल कार्बन प्राधिकरण गठन गरिने

सरकारले नेपाल कार्बन प्राधिकरण गठन गर्ने घोषणा गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

नीति तथा कार्यक्रममा भनिएको छ– ‘सरकारले नेपाल कार्बन प्राधिकरण गठन गरि रेडप्रस कार्यक्रम विस्तार गरिनेछ । सामुदायिक वनलाई कार्बन क्रेडिटबाट प्रत्यक्ष लाभ सुनिश्चित गरिनेछ ।’ त्यस्तै, नीतिगत सुधार मार्फत भवन निर्माण तथा उद्योगमा स्वदेशी काठलाई प्रोत्साहन गरिने भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको