Like us!
Follow us!
Connect us!
Watch us!

सभामुखसँग हर्क साम्पाङको माग - प्रधानमन्त्री सदनबाट भागे, कडा रुलिङ गरियोस्

अर्थ संसार

बुधबार, ०६ जेठ २०८३, ११ : ५५ मा प्रकाशित

सभामुखसँग हर्क साम्पाङको माग - प्रधानमन्त्री सदनबाट भागे, कडा रुलिङ गरियोस्

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै आज पनि आलोचना गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्मलाई सदनमा अनिवार्य उपस्थित गराउन रुलिङ गर्न माग गरे। साथै, आफूहरूले सुकुम्बासी व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रश्न उठाउन चाहेको पनि उनले बताए।

उनले भने, ‘हामीले बारम्बार प्रश्न उठाएका छौँ, हाम्रो आफ्नो व्यक्तिगत प्रश्न नभएर जनताका प्रश्नहरू हामीले सरकारका सम्बन्धित मन्त्रीहरूलाई सोध्न चाहेका छौँ । सीमानाको कुरादेखि लिएर महँगी नियन्त्रण, सहकारी पीडितलाई फिर्ता गर्दै गरेको पैसाको स्रोतलगायतको विषयमा हामीले थुप्रै प्रश्न राख्न खोजेका छौँ ।  सम्बन्धित मन्त्रीहरू सदनमा आउँदै नआउने, नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि नआउने, छलफलमा पनि नआउने, हाम्रो नियमावलीको १५ को २, नियमावली १५ को उपनियम २ लागू भएको देखिँदैन । यो संसद्प्रति सरकार जवाफदेही हुनैपर्छ, जनताप्रति सरकार जवाफदेही हुनैपर्छ, बन्नैपर् छ। यहाँले कडा तरिकाले रुलिङ गर्नुपर्छ। कर्तव्यदेखि भाग्ने उहाँहरूको चलन छ, यसप्रति हाम्रो घोर आपत्ति छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको