हर्क साम्पाङले सरकारलाई सदनप्रति जिम्मेवार बनाउन आफ्नो पार्टीले निरन्तर प्रयास गरिरहेको बताएका छन्। संसद बैठकमा पर्चा देखाएर गरिएको विरोध प्रदर्शन आगामी दिनमा पनि जारी रहने उनले स्पष्ट पारे। आजको प्रतिनिधिसभा बैठकमा पनि श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा प्रदर्शन गर्दै विरोध जनाएका थिए। त्यसक्रममा सभामुखले भविष्यमा यस्ता गतिविधि दोहोर्याउन नहुने भन्दै चेतावनी दिएका थिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले विरोध गर्न जारी राख्ने बताएका हुन् ।
उनले भने, ‘जबसम्म सरकार जिम्मेवार हुँदैन, हामी पछि हट्दैनौँ । हाम्रो विरोध पाँच वर्ष नै चल्छ । हामीले उत्तर पाएका छैनौँ । उहाँहरू आउनुहुन्न । हामीले दबाब दिएपछि आज बल्ल २-४ जना मन्त्री आउनुभो । हामी प्रत्येक दिन नै प्रश्न गर्छौँ,जनताको लागि, सार्वभौम संसदका लागि, व्यवस्थाका लागि निलम्बन हुन तयार छौँ ।’
सभामुखले सबै दलहरूको अभिभावको रूपमा भूमिका निभाउनुपर्नेमा साम्पाङले जोड दिए ।
उनले भने, ‘सभामुख सबैको साझा हो । उहाँ एउटा दलबाट आउनुभएको भए पनि सभामुख उहाँको अभिव्यक्ति र व्यवहार साझा हुनुपर्छ । उहाँ श्रम संस्कृति पार्टीको पनि सभामुख हुनुपर्छ । म संसदीय दलको नेता हो । मलाई नै दुई मिनेट बोल, तीन मिनेट बोल भनेर हुन्छ ? त्यो हुँदैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस