एमालेका सांसद गुरु बरालले सुकुमबासी बस्ती भत्काएर मासिक १५ हजार दिने निर्णय अमानवीय रहेको बताएका छन् ।
उनले भने, ‘सरकारले बिना तयारी सुकुमबासीहरूलाई आफ्ना बसोबास गरिरहेका ठाउँबाट बाहिर निकालेको छ । अनि सरकार भन्छ, यो जेठ, असार र साउन ३ महिना १५-१५ हजार रुपैयाँ पाउने छौ, यसको अर्थ एक दिनको १०० रूपैयाँले कसरी एउटा परिवार काठमाडौंको आसपासमा बाँच्न सक्छ ? यो सुकुमबासी माथि गरिएको अत्यन्त ठूलो अमानवीय हमला हो ।’
साथै ,विस्थापित सुकुमबासीलाई २५ हजार एकमुष्ट दिने र बासको व्यवस्था आफैँ गर्नुपर्ने निर्णय त्रुटिपूर्ण भएको उनले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस