Like us!
Follow us!
Connect us!
Watch us!

खान अयाेग्य भेटियो डाबर हनी, बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन

अर्थ संसार

विहीबार, ०७ जेठ २०८३, ०६ : ५६ मा प्रकाशित

खान अयाेग्य भेटियो डाबर हनी, बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन

डाबर नेपाल प्रालिको उत्पादन डाबर हनी न्यून गुणस्तरको भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नमुना परीक्षण गर्दा सो खाद्यपदार्थ न्यून गुणस्तरको भेटिएको जनाएको हो । 

न्यून गुणस्तरको भेटिएपछि सो खाद्यपदार्थ बजारबाट तत्काल फिर्ता गर्न र बिक्री वितरण नगर्न समेत उत्पादक कम्पनीलाई आदेश दिइएको विभागले जनाएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) को प्रावधान बमोजिम उक्त ब्याच नम्बरका सबै हनी बजारबाट तत्काल फिर्ता गर्न आदेश दिइएको विभागले जनाएको छ । 

त्यस्तै, विभागले म्याग्नेसियम ग्लाइसिनेट रहेका कुनै पनि खाद्य पदार्थको उत्पादन बिक्री वितरण नगर्न आग्रह गरेको छ । त्यस्तो खाद्य पदार्थ बिक्री वितरण गरिएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने समेत विभागले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको