Like us!
Follow us!
Connect us!
Watch us!

८ वटा विश्वविद्यालय उपकुलपतिका लागि १८ दर्जन बढीले दिए आवेदन

अर्थ संसार

विहीबार, ०७ जेठ २०८३, १४ : २३ मा प्रकाशित

८ वटा विश्वविद्यालय उपकुलपतिका लागि १८ दर्जन बढीले दिए आवेदन

शिक्षा तथा खेलकुद मन्त्रालयले ८ वटा विश्वविद्यालय उपकुलपतिको लागि माग गरेको आवेदनमा १८ दर्जन बढीले निवदेन दिएका छन् । वैशाख १५ मा आवेदन माग गरेकोमा उक्त संख्यामा आवेदन परेको हो ।

सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयका लागि ५० त्यसपछि क्रमशः पूर्वाञ्चल विश्वविद्यालयका लागि ३८, पोखरा विश्वविद्यालयका लागि ३८, सुदूरपश्चिम विश्वविद्यालयका लागि १९, मध्यपश्चिम विश्वविद्यालयका लािग २०, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५ र राजर्षि जनक विश्वविद्यालयका लागि २७ आवेदन परेका हुन् ।

मन्त्रालयले विभिन्न विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिससम्बन्धी एकिकृत कार्यविधि, २०८३ अनुसार विश्वविद्यालय उपकुलपति पदको आवेदन माग गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको