Like us!
Follow us!
Connect us!
Watch us!

पूँजीगत खर्च उल्लेख्य बढ्न सकेन - अर्थमन्त्री वाग्ले

अर्थ संसार

बुधबार, १३ जेठ २०८३, १३ : ४० मा प्रकाशित

पूँजीगत खर्च उल्लेख्य बढ्न सकेन  - अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आवको तेस्रो त्रैमासिक अवधिसम्म पूँजीगत खर्च उल्लेख्य बढ्न नसकेको स्वीकार गरेका छन् । संसद्‌मा आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म पूँजीगत खर्च उल्लेख्य बढ्न नसकेको जानकारी गराएका छन् ।

विश्व परिवेशमै आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा खुम्चिने अनुमानका बीच नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत बराबर हुने र अर्थतन्त्रको आकार ६६ खर्ब रुपैयाँ पुग्ने उनले जानकारी  गराए । समीक्षा अवधिमा राजस्व संकलनमा सुधार भएको उल्लेख गर्दै अर्थमन्त्रीले सर्वेक्षणले औंल्याएका विषयहरूलाई आगामी बजेटमार्फत सम्बोधन गरिने प्रतिबद्धता जनाए। उपभोक्ता मुद्रास्फीति ६ प्रतिशतभन्दा माथि रहने प्रक्षेपण गरिएको यस अवधिमा बागमती र गण्डकीबाहेक अन्य सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा तल रहने देखिएको उनले बताए । 

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैरकृषि क्षेत्रको ७६ प्रतिशत गर्ने अर्थमन्त्रीले जानकारी गराए । उनका अनुसार  क्षेत्रगत रूपमा प्राथमिक, द्वितीय र सेवा क्षेत्रको योगदान क्रमशः २४.४६, १३.७३ र ६१.८१ प्रतिशत रहने अनुमान छ। यसैगरी, गत फागुनसम्म देशको कुल विद्युत् उत्पादन क्षमता ४ हजार १०५ मेगावाट पुगेको र ९९ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच विस्तार भएको मन्त्री वाग्लेले उल्लेख गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको