Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीलाई प्रश्न गर्न सभामुखले एक दललाई दिए दुई मिनेट, प्रतिपक्षीको नियमापत्ति

अर्थ संसार

आइतबार, १७ जेठ २०८३, १३ : २३ मा प्रकाशित

प्रधानमन्त्रीलाई प्रश्न गर्न सभामुखले एक दललाई दिए दुई मिनेट, प्रतिपक्षीको नियमापत्ति

प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकमा उपस्थित भएपछि सांसदहरूलाई प्रत्यक्ष प्रश्न सोध्ने अवसर प्रदान गरिएको छ। तर सभामुख डोलप्रसाद अर्यालले प्रत्येक दललाई प्रश्न सोध्न केवल दुई मिनेटको समय दिएपछि प्रतिपक्षी दलहरूले आपत्ति जनाएका छन्।

बैठकको सुरुवातमै सभामुख अर्यालले प्रधानमन्त्रीलाई बोल्न समय दिएका थिए। त्यसपछि प्रधानमन्त्री रोष्ट्रममा पुगेर सांसदहरूलाई आफूलाई प्रश्न गर्न आग्रह गरेका थिए। सोही क्रममा सभामुखले प्रत्येक दलका तर्फबाट प्रश्न गर्न दुई मिनेटको समय निर्धारण गरेका हुन्। यस निर्णयप्रति प्रतिपक्षी सांसदहरूले नियमावली विपरीत भएको भन्दै विरोध जनाएका छन्। नेकपाका सांसद युवराज दुलालले प्रतिनिधिसभा नियमावलीको दफा ७९ को उपदफा ५६(१) उल्लंघन भएको दाबी गर्दै प्रधानमन्त्रीलाई लिखित रूपमा प्रश्न सोध्ने व्यवस्था हुनुपर्ने बताएका छन्। एमालेका सचेतक ऐन महरले पनि नियमापत्ति जनाएका छन्।

जवाफमा सभामुख अर्यालले सांसदहरू लामो समयदेखि प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक रहेकाले आवश्यक तयारी पहिल्यै भएको हुनुपर्ने बताएका छन्। साथै, नियमावलीमा प्रश्न सोध्नुअघि तीन दिन अगावै लिखित प्रश्न पेश गर्नैपर्ने स्पष्ट व्यवस्था नभएको उनको तर्क थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको