महानगर यातायात प्रा.लि.ले विद्युतीय बसमार्फत आफ्नो सेवा विस्तार गरेको छ। कम्पनीले बुधबारदेखि काठमाडौंको चक्रपथ क्षेत्रमा सञ्चालन गर्ने गरी १६ वटा नयाँ विद्युतीय बस सेवा सुरु गरेको हो।
३३ सिट क्षमताका यी आधुनिक बसहरू उभिएर यात्रा गर्ने यात्रुहरूलाई समेत सहज हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ। एकै पटक करिब ७० जना यात्रुले यात्रा गर्न सक्ने क्षमता रहेका यी बसहरूले सार्वजनिक यातायातलाई थप सुविधासम्पन्न बनाउने अपेक्षा गरिएको छ।
शशिला मोटर्स प्रा.लि.ले चीनबाट आयात गरेका यी बसहरूमा १४४ किलोवाट क्षमताको सीएटीएल ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार बसले एक पटक पूर्ण चार्ज गर्दा करिब २०० किलोमिटरसम्म यात्रा गर्न सक्छ।
प्रति बसको बजार मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको बताइएको छ। आरामदायी सिट, आधुनिक प्रविधि तथा यात्रुको सुरक्षालाई ध्यानमा राखेर आवश्यक सबै सुविधा समेटिएका यी बसहरूले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सेवामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस