गृह मन्त्रालयले ‘आवश्यक सेवा सञ्चालन ऐन, २०१४’ अन्तर्गत विभिन्न २५ क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा समावेश गर्दै ती क्षेत्रमा कुनै पनि प्रकारको हड्ताल गर्न निषेध गरेको छ ।
मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै दफा ३ को उपदफा (१) बमोजिम प्राप्त अधिकार प्रयोग गरी अत्यावश्यक सेवाहरूको सूची अद्यावधिक गरेको हो । नयाँ सूचीअनुसार तोकिएका क्षेत्रमा सेवा अवरुद्ध हुने गरी हड्ताल वा आन्दोलन गर्न पाइने छैन ।
सरकारले हडताल गर्न निषेध गरेका २५ आवश्यक सेवा
- डाँक, तार वा टेलिफोन सेवा
- जल, स्थल वा हवाईजहाज मार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा
- हवाई अड्डा वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
- हवाई ग्राउन्ड, रेल्वे स्टेसन वा सरकारी गोदाममा मालसामान
ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
- प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा
- हातहतियार, खरखजाना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा
- सञ्चार सेवा
- आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
- खानेपानीको सञ्चालन तथा वितरण सेवा
- पर्यटन आवास, मोटेल, होटेल, रेस्टुराँ र रिसोर्टसम्बन्धी सेवा
- पेट्रोलियम पदार्थ (एलपी ग्यास समेत)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
- अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा (एम्बुलेन्सजस्ता सेवाहरू)
- औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा
- फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलनस्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा
- बैंकिङ सेवा
- बिमा सेवा
- विद्युत् सेवा
- दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दाल, चामल, नुन, तेल)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
- मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा
- मास्कसम्बन्धी सेवा
- ह्यान्ड स्यानिटाइजरसम्बन्धी सेवा
- भेटेरिनरी सेवा
- कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा
- राहदानी विभागबाट प्रदान हुने सेवा
- इन्टरनेट सेवा
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस