Like us!
Follow us!
Connect us!
Watch us!

सुधन गुरुङ र महावीर पुनले लिए शपथ

अर्थ संसार

मंगलबार, २६ जेठ २०८३, १७ : ०९ मा प्रकाशित

सुधन गुरुङ र महावीर पुनले लिए शपथ

प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू तथा सांसदहरूको उपस्थिति रहेको थियो।

सुधन गुरुङ यसअघि पनि गृहमन्त्रीको जिम्मेवारीमा थिए। सम्पत्ति विवरण सम्बन्धी विवादपछि उनले पदबाट राजीनामा दिएका थिए। पछि सरकारले गठन गरेको छानबिन समितिले उनलाई निर्दोष ठहर गरेपछि उनी पुनः गृहमन्त्रीमा नियुक्त भएका हुन्।

त्यसैगरी महावीर पुन यसअघि जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा कार्यरत थिए। फागुन २१ मा सम्पन्न निर्वाचनअघि उनले मन्त्री पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको