नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ५हजार ३०० र चाँदी १९० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८६ हजार ७०० रुपैयाँ रहेको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा १९० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८४० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ६५० रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस